पोखरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

पाेखरा | असार २६, २०८१

पोखरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

पोखरा:   पोखरामा आज बिहान घर माथिबाट आएको पहिरोमा पुरिदा एकजनाको मृत्यु भएको छ । 


पोखरा महानगरपालिका–२७ सहेहलापाटास्थित ५१ वर्षीय मनबहादुथापाको ब्लकले बनेको घर माथिबाट आएको पहिरोले घर पुरिदा २२ वर्षीय भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी  दिएको छ । 


आज बिहान ४ बजेको समयमा करिव २० मिटर माथिबाट खसेको पहिरोले थापाको घर पुरेको थियोे । पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय थापालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पहिरोमा पुरिएका ५० वर्षीय कमला थापाको भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्